हेटौंडा । पछिल्लो समय सामाजिक सन्जालमा भाईरल भईरहेको हेटौंडा -५ क्याम्पाडाँडामा अबस्थित माछापोखरी “भाइरल चौर”को मुल गेटमा बुधबारदेखि प्रवेश निषेध लेखिएता पनि त्यहा आउने पर्यटकहरुले प्रवेश निषेधलाई उल्लघन गरेका छन । संरक्षण केन्द्र हेटौडाले मर्मत भईरहेको माछा पोखरीमा टिकटक बनाउनेको भिड बढ्दै गएपछि प्रवेश निषेध गरिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले पोखरीमा ब्यानर टासँ गरेर प्रवेश निषेध गरेको जनाएको छ।
दैनिक जसो टिकटक बनाउने र फोटो खिच्नेको भीडले गर्दा त्यस क्षेत्रको मासिको चहलपहल र व्यापार समेत फस्टाएको छ । केहि हप्ता देखि थामीनसक्नु भिड बढेसंगै टिकटकमा यहा खिचेका हरेक भिडियोहरु भाईरल भएपछि पर्यटनको चाप बढेको हो ।
हाल त्यहा मर्मत कार्य नै प्रभावित भए संगै काम नै गर्न असहज भएपछि बुधबारदेखि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले पोखरीमा प्रवेश निषेध गरेको हो । संरक्षण केन्द्र हेटौडाले करिव ४ महिना अगाडी माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानि निकाल्ने काम गरेको थियो । माटो निकाल्न पोखरी सुकाएर छोडिएको थियो । उक्त पोखरीमा जमिन चिरिएको र हरियो घास पलाएपछी यहाँ फोटो खिच्ने र टिकटक भिडियो बनाउनेको भिड लाग्ने गरेको थियो ।
आज साझ हेटौंडा टुडेको टिम त्याहा पुग्दा मुलगेटमा टासिएकको प्रवेश निषेधको सुचनालाई मतलब नै नगरि माछापोखरी पोखरी भाइरल चौरमा धेरै पर्यटकहरुको उपस्थिति रहेको थियो । हामिले पनि टिकटम मै देखेर आएका हौ यहा आउदा प्रवेश निषेध गरेको रैछ तैपनि एक दूई वटा त बनाउनै परो भनेर प्रबेश गरेको एक पर्यटकले हामिलाई बताए ।