हेटौंडा । मकवानपुरगढी गाउँपालिकाका शुक्रबार सबै वडाहरु बालमैत्री घोषणा गरिएको छ । यहि चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने तयारीमा रहेको मकवानपुरगढी गाउँपालिकाले आज ८ वटै वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । गाउँपालिकाको ८ वटै वडाका वडा अध्यक्षहरुको सभाध्यक्षतामा वडामा घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।
वडा नम्बर १ मा वडा अध्यक्ष आइतसिं लोको अध्यक्षता भएको कार्यक्रममा पालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहाल, वडा सदस्यहरु, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती भई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।
त्यसैगरि वडा नम्बर २ लाई वडा अध्यक्ष बखान सिं पाख्रीनको अध्यक्षता तथा पालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यतामा वडालाई बालश्रम निकृष्ट र बालविवाह मुक्त वडा भन्दै बालमैत्री वडा घोषणा गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीन बताउनु भयो ।
वडा ३ नम्बर का वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षता तथा पालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
वडा नम्बर ४ मा वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षता तथा पालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, वडा सदस्यहरु कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
नम्बर ५ को अध्यक्ष जीत बहादुर घिमिरेको सभाध्यक्षता र गाउँपलिकाको अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामामा भएको कार्यक्रममा पञ्चेबाजा सहित धादिङ बजारलाई परिक्रमा गर्दै बालमैत्री सम्बन्धी विभिन्न नारा लगाइएको थियो । पालिका अध्यक्ष हुमागाईले वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए । साथै प्रतिवद्धता स्वरुप सामूहिक हस्ताक्षर गरि वडामा बाल विवाह मुक्त र बाल श्रम निकृष्ट वडा घोषणा गरेका थिए ।
यसैगरि वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।
वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख राम घलान वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
त्यस्तै वडा नम्बर ८ का अध्यक्ष कुमार घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका कर्मचारी प्रशासन शाखा प्रमुख सुर्य बहादुर गुरुङ, वडा सदस्य कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।
सबैवडामा विभिन्न बालमैत्री सम्बन्धी नारा लगाएर, खैजेडी, गीत प्रस्तुत, नृत्य प्रदर्शन गरि वडा घोषणा गरिएको छ । बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले वडा घोषणा गरिएको बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहालले बताए ।
वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा भएकाले वडालाई बालमैत्री घोषणा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । उनले शुक्रबार सबै वडा घोषणा भए सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि पालिका घोषणा गरिने बताए ।