मंगलबार आज साँझ हेटौंडा ३ जम्बोमा श्रीमतीको कुटाईबाट श्रीमानको ज्यान गएको छ। घरायसी विवादका क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट निजकी श्रीमान ४३ बर्षीय मित्र लाल सुनारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। श्रीमतीको कुटाईबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। अनिता विकलाई भने नियन्त्रणमा लिइसकेको मकवानपुर प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्