हेटौडा। हेटौडा -६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी गाउँपालिकाको तिन स्थानहरुमा सिमेन्टको कुर्सी राखेको छ। समूहको चालु आर्थिक२०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सिमेन्टको कुर्सी राखेको हो । वनले सोमबार मकवानपुरगढी–३ मक्रान्चुली मकवानपुरगढी गांउपालिका नजिकै २ वटा कुर्सी र मकवानपुरगढी–४ कालीखोलामा २ वटा गरि ४ वटा सिमेन्टको कुर्सी राखेको समूहका अध्यक्ष न्यौपानेले विष्णुप्रसाद न्यौपानेले बताए। स्थानीय उपभोक्ता, बाटोमा हिड्ने बटुवा, सवारीसाधनको प्रतिक्षामा रहेका व्यक्तिहरुलाई सुविधा पु¥याउने उद्धेश्यका साथ सिमेन्टको कुर्सी राखिएको वन समूहले जनाएको छ।
सेयर गर्नुहोस्