हुप्राचौरमा ११ तले भ्यूटावर सहितको बहुउदेस्यीय भवनको शिलान्यास

हेटौंडा टुडे
११ चैत्र २०७८, शुक्रबार २२:०४

हेटौंडा । हेटौंडाको हुप्राचौरमा निर्माण सुरु भएको बहुउदेस्यीय भवनको शिलान्यास गरिएको छ । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनमा भ्यूटावर सहितको बहुउदेस्यीय भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभएको छ । हुप्रचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्कीएको थियो । त्यस बाहेकमा ठेक्का आव्हान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरर काम सुरु गरेको हो ।

११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्यूटावर निर्माण गरिने उपमहानगरपालिकाका उपमहानगरपालिका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताउनुभयो । व्यापारिक भवनको सबै भन्दा माथी भ्यू टावरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ ।

तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको साहले बताउनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*