हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भोलि आईतबार सार्वजनिक बिदा दिइएको छ।
शनिबार नेपालकै चौथो तथा बागमती प्रदेशको तेस्रो बालमैत्री गाउँपालिका घोषित गरिएको उपलक्ष्मा चैत १३ गते भोलि आइतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले एक विज्ञप्ति प्रकाशित गर्दै भोलि सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन्। गाउँपालिकालाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शनिबार बालमैत्री गाउँपालिका घोषणा गरेका हुन।
सेयर गर्नुहोस्