६५ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा भोली हेटौंडामा रक्तदान कार्यक्रम हुदै

हेटौंडा टुडे
१७ चैत्र २०७८, बिहीबार २०:४५

हेटौंडा । बागमती प्रदेश स्तरिय ६५ औं राष्ट्रिय सहकारी दिवस प्रदेश राजधानी हेटौंडामा बिविध कार्यक्रम सहित मनाउनको लागि सम्पुर्ण तयारी पुरा भएको छ ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ बागमती सहकारी दिवस मनाउन प्रदेश स्तरीय मुल समारोह समिति गठन गरि दिवस मनाउन लागिएको हो ।

मुल समारोह समितिका अनुसार शुक्रवार १८ गते हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने शनिबार १९ गते हेटौंडा अस्पतालका उपचाररत विरामीलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको छ ।

सहकारी दिवसकै चैत्र २० गते दिन विहान ७:३०बजे हेटौंडाको भुटनदेवी माविको चौरबाट ¥याली सुरु भै रोयल पार्टी प्यालेसमा प्रवचन तथा सम्मान वितरण गरिने र साँझमा प्रदेशभरका सहकारी संघ÷संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गरि मनाउने तयारी रहेको देवकोटाले बताए । मुल समारोहका संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image