थाहामा दिप प्रज्वलन सहित सहकारी दिवस मनाईयो

हेटौंडा टुडे
२० चैत्र २०७८, आईतवार २०:४८

हेटौंडा । थाहा नगरमा सहकारीहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरि ६५ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । थाहा नगरको चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था, शिखर बचत तथा ऋण सहकारी संस्था, कुण्डलदेबी बहुउद्देश्यीय सहकारी संस्था र बागेश्वरी कृषि सहकारी संस्थाले संयुक्त रुपमा दिप प्रज्वलन गरेका हुन् ।

चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष कविता बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा शिखर बचतका ब्यवस्थापक सुमन बिष्ट, कुण्डलदेबीका ब्यवस्थापक राजन मिश्र, बागेश्वरीका ब्यवस्थापस मिरा खड्काले शुभकामना मन्तब्य राख्नुभएको चेतनशिल महिला बचतका ब्यवस्थापक शकुन्तला गोपालीले बताउनुभयो । “मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी” भन्ने नाराका साथ आइतबार देशभर विविध कार्यक्रम सहित सहकारी दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image