
हेटौंडा। मकवानपुरगढी गाउँपालीकामा चैत्र २५ गते देखी टाईफाईड बिरुद्धको खोप अभियान शुरु हुने भएको छ । चैत्र २५ गते देखी सुरु भएको खोप अभियान चैत्र २९ गते सम्म संचालन हुनेछ । टाईफाईड बिरुद्धको खोप अभियानमा मकवानपुरगढी गाउँपालीकाका १५ महिनादेखि १५ वर्ष मुनिका ५ हजार ३ सय ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी भैरहेकोमकवानपुरगढी स्वास्थ्य साखाले जानकारि दिएको छ । खोप अभियान सञ्चालनको लागि गाउँपालीकाभरका स्वास्थ्य संस्था, विद्यालय सहित ३५ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।


सेयर गर्नुहोस्