हेटौंडा । मनहरी गाउँपालिका वडा नम्वर–५ भोजशिद्ध माविबाट स्वास्थ्य तथा जनसख्या मन्त्री बिरोध खतिवडाले टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गर्नु भएको छ । खतिवडाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत पर्ने मनहरी गाउँपालिकाको भोजसिद्व माबिको खोप केन्द्रबाट खोप अभियानको सुरूवात गरेका हुन् ।आजबाट देशैभरी सञ्चालन हुने खोप अभियानको मकवानपुरको मनहरी गाउँपालिकाबाट मन्त्री खतिवडाले शुभारम्भ गर्नुभयो हो ।
अभियान अन्तरगत आजबाट १८ वैशाखसम्म १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने छ । यस अवधिमा १५ महिनादेखि १५ बर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप सेवा प्रवाह गरिने बताए । त्यसका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयम्सेवकको व्यवस्थापन मिलाइएको बताए । यो अभियान साझा भएकाले सबैले आफ्नै अभियान ठानेर आ–आफ्नो तर्फबाट सहयोग गरेमात्रै सफलता प्राप्त हुने बताउनुभयो ।
यो अभियानमा मकवानपुरका एक लाख ८ हजार ४८६ जना बालबालिका लाभान्वित हुने छन् । जिल्लामा कुल ६०८ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । अभियानमा ८७० जना खोप कर्ता र एक हजार ३९० जना स्यमसेवक परिचालित हुने छन् ।