पुलिस चौकी नजिक मक्रान्चुलीमा बाख्राको खोरमा चोर पसेपछी

हेटौंडा टुडे
२६ चैत्र २०७८, शनिबार २२:१५

हेटौंडा । मकवानपुरगढी  गाउँपालिका नजिकै खसीबोकाको चोर निकासी गर्ने गिरोह बिक बिकि बढेको छ । सनिबार राती करिब १० बजे तिर भरत देबकोटाको घरमा रहेको बाख्रोको खोरमा चोर पसेको हो । आफ्नो बाख्राको खोरमा बाख्राको आवाज ठुलो स्वरमा कराए पछि भरत देबकोटाकी श्रीमती सीता देबकोटा हेर्न जादा चोर बाख्राको खोर बाट भागेको सीता बताउछिन । खैरो गन्जी र पाईन्ट लगाएको उक्त ब्यक्तीलाई देखेपछि सीता अतालिएपछि चोर खोरबाट भागेको सीता बताउछिन । ईलाका प्रहरी कार्यालय मकवानपुरगढी गाउँपालिका नजिकै रहे पनि यहाका स्थानिय बासिले पुलिस प्रसासन भएको अनुभूति भने गर्न नपाएको गुनासो गरेका छन । ईलाका प्रहरी कर्यालय मक्रान्चुली नजिकै भए पनि यहाका सुरक्षाकर्मी भने साझ बिहान गस्तीमा ननिस्कने गरेको स्थानियको गुनासो छ । अहिले गाउँपालिका नजिकै मक्रान्चुलीमा स्थानियले गस्ती गरेर बसिरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*