मकवानपुरगढी-३ मा एमालेबाट वडा अध्यक्षमा भागबत घिमिरेको नाम सर्वसम्मत

हेटौंडा टुडे
२७ चैत्र २०७८, आईतवार ०९:३४

हेटौंडा । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरगढी गाँउपालिका वडा नंबर ३ बाट भागबत घिमिरे वडाध्यक्षको उम्मेद्वार चयन भएका छन् । सोहि क्रममा मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ को बैठकले वडा अध्यक्ष सर्वसम्मत भईसके पनि वडा सदस्यहरुको भने टुङ्गो लगाउन बाकि रहेको बुझिएको छ ।

केहि दिन अघि मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ को बैठकले घिमिरलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । स्थानीय तहको निर्वाचनको लागि मकवापुरगढी ३ को लागि एमालेको तर्फबाट चार – पाच जनाको नाम चर्चामा रहे पनि भागबत घिमिरेको नाम सर्वसम्मत भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image