हेटौंडा । हेटौंडा १३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय स्थानीय सहदेव गोले रहेको मकवानपुरका प्रहरी जनाएको छ ।
गोले आफ्नै वर्कसपमा मोटरसाइकल धुने क्रममा आइतबार बिहान ९ बजेर ५५ मिनेटको समयमा विद्युत सर्ट भएर करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्