हेटौंडा १ नम्बरको वडा अध्यक्षमा विकेशलालको दावी

हेटौंडा टुडे
२७ चैत्र २०७८, आईतवार २१:३९

हेटौंडा । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको हेटौंडा उपमहानगरको वडा नम्बर १ मा वडा अध्यक्षमा तरुण नेता विकेशलाल श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । शनिबार भएको क्रियाशील तथा अगुवा कार्यकर्ता भेलामा आफ्नो भनाई राख्दै उनले आफ्नो उम्मेदवारी वडा अध्यक्षमा रहने दावी गरेका थिए । आफुले उम्मेदवार घोषणा गर्दा क्रियाशील सदस्य तथा अगुवा व्यक्तित्वहरुले समर्थन गरेको बताउदैं एक व्यक्ति एक पद एक कार्यकालको अवधारणा हुनुपर्ने र युवालाई समेटिएर अघि बढ्नुपर्ने बताए । २०६८ सालबाट नेपाली कांग्रेस राजनितिमा प्रवेश गरेका उनी २०७१ सालमा तरण दल इकाई अध्यक्ष बनेका थिए । उनी पछि पार्टीको तरुण दल विभागीय सदस्य बन्दै विभिन्न समयमा पार्टीमा योगदान गर्दै आइरहेका छन् । उनी १४ औं महाधिवेसनमा बुथ प्रतिनिधि बन्दै बागमती प्रदेश महाधिवेसनमा अत्याधिक मत ल्याई बाग्मती प्रदेश प्रतिनिधि बनेका थिए । उनी मकवानपुरको क्षेत्र २ को प्रदेश सभा ९क० क्षेत्रीय सदस्य समेत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image