काँग्रेस नेता पराजुलीद्धारा विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग

हेटौंडा टुडे
२८ चैत्र २०७८, सोमबार २१:५३

हेटौंडा । नेपाली काँग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकास्थित एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग गर्नुभएको छ ।
थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर हेटौँडामा सोमबार विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई हस्तान्तरण गर्नुभएको हो । नेता पराजुलीले विद्यालयमा कम्युटर शिक्षासँगै विद्यालयको अभिलेख राख्न सहयोग पुगोस् भनेर सहयोग गरेको जानकारी दिनुभयो । प्रिन्टर र कम्युटर हस्तान्तरण कार्यक्रममा काँग्रेस प्रदेश सभा १ (ख) का क्षेत्रीय सभापति खड्ग गोपाली, काँग्रेस थाहा नगर समितिका सभापति प्रमोद जोशी र थाहा नगरपालिका वडा नं. ८ इकाइ सभापति रामकुमार घलानको उपस्थिति रहेको थियो । उक्त विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image