मकवानपुरगढीमा टाईफाइड बिरुद्ध खोप अभियानको आज अन्तिम दिन

हेटौंडा टुडे
२९ चैत्र २०७८, मंगलवार ०८:४६

हेटौंडा ।  मकवानपुरगढी गाउँपालिकामा टाईफाइड बिरुद्धको खोप अभियानको आज अन्तिम दिन रहेको छ । चैत्र २५ गते देखि सुरु भएको खोप अभियानको आज पाचौ दिन चलिरहेको छ । खोप अभियानको आज अन्तिम दिन चैत्र २९ गते वडा नम्बर ५ मा  लगाईने छ भने छुट भएकाहरुलाई आज एक दिन मात्र गाउँपालिका मक्रान्चुलीबाट टाइफाइड रोग विरुद्धको खोप लगाइने मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताउनु भयो । अभियानमा २७ वटा विद्यालय र ८ वटा स्वास्थ्य संस्था गरी ३५ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाईएको ध्रुवप्रसाद लामिछानेले बताउनुभयो ।

खोप अभियान शुरु भएको हिजो चौथो दिन सम्म आईपुग्दा खोप अभियान अन्तरगत लक्ष्य अनुसार प्रगती हासिल गरेको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताउनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरबाट प्राप्त लक्ष्य अनुसार शत प्रतिशत बालबालिकालाई खोप लगाई सकिएको छ । गाउँपालिकामा १५ महिनादेखि १५ बर्ष सम्मका ५३३५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य भए अनुसार हिजो चौथो दिन सम्म ५३२९ जनालाई खोप लगाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image