आजदेखि सार्वजनिक यातायातको भाडा बढ्यो

हेटौंडा टुडे
१ बैशाख २०७९, बिहीबार ०९:५६

हेटौंडा । हेटौंडा  सहित बागमती प्रदेशभर सार्वजनिक यातायातको र ट्याक्सीको भाडा बढेको छ । मन्त्रीस्तरीय निर्णयबाट बैसाख १ गते देखि लागू हुने गरी भाडा बढाइएको हो । काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ । नयाँ भाडा अनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटर भन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image