पत्रकार गिरिजा अधिकारी ‘जनसेवा श्री’बाट विभूषित

हेटौंडा टुडे
२ बैशाख २०७९, शुक्रबार २१:५२

हेटौंडा  । पत्रकारितामा सक्रिय गिरिजा अधिकारीको विशीष्ट योगदानको कदर स्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीबाट एक समारोहमा विभूषित भएका हुन् । पत्रकार तथा साहित्यकारका रुपमा लोकप्रिय अधिकारीलाई सरकारले संविधान दिवस २०७८ का अवसरमा जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको थियो । धिकारी वि.सं.२०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका हुन् । उनी हाल मकवानपुरको हेटौंडाका स्थायी बासिन्दा हुन् । वि.सं.२०५७ बाट पत्रकारितामा आबद्द अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौंबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादक  यस्तै, मकवानपुरको मनकामना एफएम, नेशनल एफएम,शक्ति एफएम, रेडियो सरोबर, पाल्पाको रेडियो पश्चिमाञ्चल, रेडियो सगरमाथालगायतमा संवाददाता, समाचार प्रमुख र सम्पादकको रुपमा उनले जिम्मेवारी बहन  गरेको अनूभवी पत्रकार उनी हाल तु खबर डटकमको सम्पादकको भूमिकामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*