नयाँबस्ती युथक्लबलाई ३ लाख जरिवाना

हेटौंडा टुडे
७ बैशाख २०७९, बुधबार १४:०८

हेटौँडा/ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ’बी’ डिभिजन लिग क्लब नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना गरेको छ ।

गत महिना सकिएको सहिद स्मारक ’बी’ डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले ३ लाख जरिवाना गरेको हो ।

’बी’ लिगमा मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । उक्त खेल नयाँबस्ती ३–१ ले पराजित भएको थियो ।

यस्तै एन्फाले क्लबका अफिसियल श्रीबहादुर योगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

त्यस्तै क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । ’बी’ लिगमा नयाँबस्ती ११ औं स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image