स्थनीय तह निर्वाचनको लागि नेकपा एमालेले मनहरीे र भीमफेदी गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । एमालेले मनहरी र भीमफेदीमा वडा अध्यक्षसहित प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको हो । एमालेबाट भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङले उम्मेदवारी दिएका छन् ।
जिल्लाको बाँकी ८ वटा पालिकामा सोमबार उम्मेदवारी दर्ता गरिने नेकपा एमालेले जनाएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवारको रुपमा अगाडि बढाएको छ । थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई अगाडि बढाउने भएको छ ।
वाग्मती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादु स्याङ्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमगाईं र उपाध्यक्ष सन्तु थिङले उम्मेदवारी दिने भएका छन् । इन्द्रसरोबर गाउापालिका अध्यक्ष देबकृष्ण पुडासैनी र उपाध्यक्ष उमा लामालाई उम्मेदवार तोकिएको छ । कैलाश गाउँपालिका अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्ष सुकुमाया थिङ, राक्सिराङ गाउँपालिका अध्यक्ष बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा उम्मेदवार रहेका छन् ।