विनाशकारी भूकम्प गएकाे आज सात वर्ष पूरा

हेटौंडा टुडे
१२ बैशाख २०७९, सोमबार ०९:०५

हेटौंडा ।   २०७२ साल वैशाख १२ गते  गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको विनाशकारी भूकम्प गएको आज सात वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबार दिन बिहान ११ः५६ मा गएको  भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने  झण्डै २२ हजार नागरिक घाइते भएका थिए ।

विशेषगरी भूकम्पले गोरखा, सिन्धुपाल्चोक, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोटलगायत १४ जिल्लामा अत्याधिक विनाश गरेको थियो। भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो  । सात वर्षमा सरकारले अधिकांश ब्यक्तिगत घरहरुको पुनर्निर्माण गरेको छ भने धरहरा, वसन्तपुर दरवार, काष्ठमन्डप लगायतका सम्पदाको पनि पुुनर्निर्माण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image