गठबन्धन सरकार काम गर्नका लागि होईन खान मात्र जन्मिएको हो : केपी ओली

हेटौंडा टुडे
१८ बैशाख २०७९, आईतवार २०:४४

आज नेकपा एमाले मकवानपुरले गरेको आमसभामा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीले अहिलेको गठबन्धन सरकार खान मात्र जन्मिएको टिप्पणी गरेका छन् । आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको केन्द्र र प्रदेश सरकारहरुले भएको मन्त्रालयहरुलाई फुटाएर खानको लागि मात्रै मन्त्रालयहरुको थप गरेको बताए । उनले अहिले बागमती प्रदेशको राजधानी हेटौंडामा जता हेरो त्यतै मन्त्री नै मन्त्री देखिने भेटिने र मन्त्रि पदलेनै गर्दा एमाले प्रबेस नगरेको र यदि मन्त्रि नपाएको भए आज नै टिका लगाएर एमाले प्रबेस गर्ने कुरा बताए । उनले बागमतीमा एमालेको सरकारले ७ मन्त्रीले काम गरेको तर अहिलेको सरकारले १८ मन्त्री बनाएको भन्दै यो सरकार खान जन्मिएको र देशलाई कंगाल बनाउन लागि परेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image