हेटौंडा । पछिल्लो समय मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिका पर्यटनका लागि उत्कृष्ट गन्तब्यको रुपमा परिचित हुन थालेको छ । बागमति प्रदेको राजधानि हेटौंडा बजारसंग जोडिएको यो पालिकामा हेटौंडा बजार् सहित आसपासका जिल्लाबाट पनि पर्यटकहरु आउन थालेका छन । ऐतिहासिक मकवानपुरगढी दरबार , जिप लाईन , ऋषेश्वर गुफा , मनकामना मन्दिर लगाएतका ऐतिहासिक तथा सास्कृतिक महत्वले यस गाउपालिकामा पर्यटकहरु आउने गरेका छन ।
यसै क्रममा मकवानपुरगढी गाँउपालिका वडा नम्बर ४ मा मनकामना मन्दिरको पश्चिमतिर फेमिली मिनि पार्क सुरु भएको छ । २०७९ साल बैसाष १ गतेबाट यहा टिकटक पिङ र झड्का पिङ सहित बालबालिकाहरुको लागि बाल उध्यानम सुरुवात गरेको पार्ककि सन्चालक जमुना सापकोटाले जानकारि दिनुभयो । टिकटक पिङ र झड्का पिङ सुरक्षाको हिसाबले अन्तराष्ट्रिय मापदण्डमा आधारित रहेको भरपर्दो रहेको सापकोटाको भनाई रहेको छ ।
सापकोटाले २ रोपनि क्षेत्रफलमा २० लाख लगानिमा पार्क सञ्चालनमा ल्याएका छन् । हाल टिकटक पिङ र झड्का पिङ सहित बालबालिकाहरुको लागि बाल उध्यानम सुरु गरिसकेको र पार्कले चाँडै नौ होम स्टेको पनि तयारि गरेको अर्का सन्चालक दिपक सापकोटाले हेटौंडा टुडेलाई जानकारि दिनु भयो ।
हाल पार्कमा होटलको पनि सुविधा रहेको छ । यहा खाना, खाजा , नास्ता सेट, मासुका परिकारहरु लगाएतका खाना खाजाको पनि सुविधा रहेको पार्कका सञ्चालक सापकोटाले बताए । हेटांैडा बजारबाट नजिक रहेकाले मनकामना मन्दिर दर्सन गरेर यस क्षेत्रमा टिकटक पिङ र झड्का पिङको मनोरञ्जन सहित टिकटि र तस्बिर खिच्नको भिड लाग्ने गरेको छ । बिषेसगरि यहा सार्वानिक बिदाको दिन र सनिबार धेरै मात्रामा भिड लाग्ने गरेको स्थानियबासिहरु बताउछन ।