
हेटौंडा । आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको हो ।
तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन । जहाजबारे खोजविन सुरु भएको छ ।


सेयर गर्नुहोस्