अपडेट: विमानमा चालक दलका ३ सदस्य र १९ यात्रु रहेको पुष्टि

हेटौंडा टुडे
१५ जेष्ठ २०७९, आईतवार ११:३०

हेटौंडा/पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्विनअटर विमानमा चालक दलका ३ सदस्य र १९ यात्रु रहेको पुष्टि भएको छ । आज विहान ९ बजेर ५५ मिनेट जाँदा उडान भरेको तारा एयरको ट्विनअटर अहिले पनि सम्पर्कमा आएको छैन ।

क्याप्टेन प्रभाकर घिमिरेले उडाएकाे विमानमा सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा पनि विमानमा छन्।

यात्रुमध्ये चार जना भारतीय, दुई अन्य देशका नागरिक र बाँकी नेपाली नागरिक हुन्। जस अन्तरगत इन्द्रबहादुर गोले, पुरूषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ रहेका छन्। यस्तै सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर

“विमान सम्पर्कविहीन भएपछि धौलागिरि क्षेत्रमा खोजीका लागि हेलिकप्टर पठाइएको छ । आज विहान यही रुटमा समिट एयरले उडान भरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image