वस्ती संरक्षणको लागि अध्यक्ष दाहाल आफै खटिए, सामरीमा बाइपास तथा करिडोर निर्माण सुरु

हेटौंडा टुडे
१६ जेष्ठ २०७९, सोमबार २१:१९

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल वस्ती संरक्षणको लागि आफै फिल्डमा खटिएका छन् । ५ नम्बर वडाकोे सदरमुकाम रहेको धादिङमा बाइपास सडक निर्माणको काम सुरु भएको हो ।
भालुखोला, धादिङ देखि कालिवन सम्म बाईपास बाटो तथा करिडोर निमार्ण कार्यको सुरु गरेको अध्यक्ष दहालले बताएका छन ।
मकवानपुरगढी गाँउपालिका वडा नम्बर ५ को यस स्थानमा बिद्यालय, बोडिङ्ग स्कुल , सरकारी कार्यालय अस्थाई प्रहरी चौकि सहित वडाको सदरमुकामको रुपमा रहेको यस ठाँउमा बाक्लो वस्ती रहेकाले तटबन्धन सहितको वाइपास सडक निर्माणले वस्ती संरक्षण हुनुका साथै वस्ती भित्रबाट टिपर र ठुला मालबहाक सवारी साधनका कारण दुघर्टना जोखिम कम हुने वडाध्यक्ष दहालले बताए ।

अघिल्लो स्थानीयह सरकारले बस्तीबिचबाट भारी मालबाहक सवारी साधन टिपर आवात जावतमा रोक लगाउने विषयमा चासो नदिएको धादिङबासीहरुले गुनासो गरेका छन् ।
भालुखोला देखी सिमलटारको तल्लो भाग सम्म मालबहाक सवारी साधन बिशेषगरी टिपरहरु धेरै आवातजावत हुने गरेकाले दुर्घटनाको सम्भाबना रहेकाले दुर्घटना न्युनिकरणको लागि खोलाको तिरैतिर बाइपास बनाउने योजना अनुरुप आफुले काम सुरुवात गरेको वडा अध्यक्ष दहालले बताए ।
स्थानीय क्रसर उद्योगहरुको सहयोगमा मालबहाक सवारी साधन आवातजावतका लागि भालुखोला देखी सिमलटारको तल्लो भाग सम्म सामरी खोलाको तिरै तिर बाइपास बनाउने योजना अनुरुप काम सुरुवात गरिएको र अहिले कामको थालनी मात्र गरेको र बाकीँ काम पालिकाबाट बजेट विनियोजन गरी थप काम गरी बाइपास सडकले पूर्णता पाउने वडाध्यक्ष दहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image