
हेेेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा बजारमा अझैसम्म पनि सवारी साधन पार्किङ व्यवस्थित हुन सकेको छैन् । सडकहरुमा अव्यवस्थित पार्किङ भएका कारण पैदाल यात्रु तथा अन्य सवारीलाई आवत जावतमा समस्या भएसंगै जनगुनासो आउने गरेको छ भने ब्यबसायिहरुबाट पार्किङको बिसयलाई लिएर बिरोध हुने गरेको छन ।
त्यस्तै आज सोमबार साझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथस्थित नारायणि नर्सिङ कलेज अगाडि करिब डेड घन्टा नो पार्किङको विषयलाई लिएर ट्राफिक प्रहरीसङ स्थानियबासीको बिचमा करिब डेड घन्टा जति लामो विवाद भएको थियो । नो पार्किङमा पार्किङ गरेर राखेको सवारि साधनमा ट्राफिक प्रहरिले आम सर्वसाधारणहरु लाई चै कारबाहि गर्न तर ट्राफिक प्रहरी आफैले नो पर्किङमा सवारी पार्किङ गरेपछी स्थानियबासिले बिरोध गरेका हुन । नियम सबैलाई एउटै हुनु पर्नेमा प्रहरिले नो पार्किङमा पार्किङ गरेर दादा गिरि देखाउन खोजेको स्थानियले आरोप लगाएका थिए । साथै नो पार्किङ भने पछि सबै लाई नो पर्किङ नै हुनु परो भने पछि बिवाद सिर्जना भएको थियो । स्थानियका अनुसार ट्राफिक प्रहरि नियमित रुपमा चेकजाच गर्न नआउने , मनलाग्दी तरिकाले चेक जाच गर्न आउने , मनलाग्दी जरिवाना काट्ने, नो पार्किङको ट्राफिक संकेतको कतै प्रयोग नभएको, राजस्व उठाउन दुख दिएको जस्ता बिषयलाई लिएर स्थानियले बिरोध जनाएका थिए । साथै आम जनताको लाईसेन्स र बिल बुक चेक गर्ने ट्राफिक प्रहरीको डुयुटीमा रहेका क्यु आर टि ट्राफिक प्रहरिको नै लाईसेन्स बिल बुक खोजेपछी बिबाद झन चुलिएको थियो । नागरिकलाई सचेत गराउने ट्राफिक प्रहरिनै किन बिना लाईसेन्स बिलबुक हिड डुल गरेको भनेर स्थानियले बिरोध जनाएका थिए ।
साथै स्थानिय र प्रहरी बिच चर्किएको बिवाद केही गरे पनि नमिले पछि बिवाद मिलाउन प्रहरी निरीक्षक मुनेन्द्र थापानै फिल्ड उपस्थित हुनु परेको थियो।

