हेटौंडा ९ कर्रा पुल नजिकै बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

हेटौंडा टुडे
१८ जेष्ठ २०७९, बुधबार १३:०६

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३०/३५ बर्षिय पुरुष रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार (आज) बिहान कर्रा पुल नजिकै बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image