यामाहाको एफ जेड एक्स हेटौंडामा

हेटौंडा टुडे
१८ जेष्ठ २०७९, बुधबार १७:४२

हेटौंडा/ यामाहाको नयाँ बाइक एफजेड एक्स १५० सिसिको मोटरसाइकल हेटौंडामा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी यामाहाको हेटौंडाको आधिकारिक विक्रेता राज मोटर्सले उक्त मोटरसाइकल ‘लन्च’ गरेको हो ।

अरु मोडलका बाइकभन्दा सहज र आरामदायी यात्रा गर्न सकिने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताए ।

नेपालभरी उपलब्ध हुने उक्त बाइककको बजारमूल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त बाइकमा ‘जिपिएस सिस्टम’ बाट मोबाइलसँग जोडेर बाइकको मिटर डिस्प्लेमा मोबाइलमा आएको फोन म्यासेज हेर्न सकिने सञ्चालक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार उक्त बाइकले ५० देखि ५५ किलोमिटर प्रति लिटर माइलेज दिन्छ । राज मोटर्सका सञ्चालक राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यसमिति सदस्य कुल प्रसाद चौलागाईं, तरुण नेता सुनिल गिरी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*