हेटौंडामा मकवानपुर गोल्डकपको चौथो सस्करण सुरु, सिमराको नव जनजागृति युवा क्लवकोविजयी सुरुवात

हेटौंडा टुडे
२० जेष्ठ २०७९, शुक्रबार ११:३७

हेटौंडा ।  बिहीबारबाट हेटौंडामा स्थानिय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर  गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हिजो बिहिबारबाट सुरु भएको पहिलो खेलमा सिमराको नव जनजागृति युवा क्लवले विजयी सुरुवात गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको चौथो संस्करणको सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा नव जनजागृति युवा क्लव सिमराले बागमती युवा क्लव सर्लाहीलाई २–० गोल अन्तरले हराएको हो । सिमराको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले गोल गरेका थिए । खेलको आठौं मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लिएको थियो । ८० औं मिनेटमा कृपाकान्तले अग्रता दोब्बर बनाए । सर्लाहीले खेलमा केही राम्रा ‘मुभ’ बनाएपनि गोल ननिस्किँदा निराश हुँदै घर फर्किन बाध्य भएको छ ।

खेलको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार बीफसी भरतपुर र चर्चब्वाइज क्लव काठमाडौंको बीचमा खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*