मनहरीमा चट्याङ लागेर थिङको मृत्यु

हेटौंडा टुडे
२४ जेष्ठ २०७९, मंगलवार ११:०३

हेटौंडा \ मनहरीमा चट्याङ लागेर एक जनाको ज्यान गएको मकवानपूर प्रहरीले जनाएको छ । हिजो सोमबार साँझ परेको चट्याङ लागेर मनहरी-६ हिलदमारमा एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ३७ बर्षीय माया बाल्पा थिङको रहेको मकवानपूर प्रहरीले जनाएको छ। घरमै बसिरहेको अवस्थामा सोमबार साँझ चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको  हो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image