मकवानपुर गोल्डकप : विजय युथक्लब र त्रिभुवन आर्मी बिच फाईनल भिडन्त

हेटौंडा टुडे
२८ जेष्ठ २०७९, शनिबार २२:०६

हेटौंडा ।  स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ शनिबार सम्पन्न निकै रोमाञ्चक खेलमा क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै प्रतियोगिताको साविक विजेता समेत रहेको त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा घरेलु टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको हो । निर्धारित ९० मिनेटको समयको खेल १–१ गोलको बराबरी बनेसँगै खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो । सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभेनिरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता फाइनलमा पुग्न सफल भएको हो।उपाधिका लागि सोमबार घरेलु टोली विजय युथक्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image