
हेटौंडा । हेटौंडा – ५ को पिप्ले रंगशालामा सम्पन्न स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडी बन्दै विजय युथ क्लब हेटौंडाका कप्तान तथा गोलरक्षक अशोक बरालले बुलेट मोटरसाइकल प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको करिब ६ लाख रुपैयाँको मोटरसाइकल बरालले हात पारेका हुन् । उनी युथ–२३ का पूर्वराष्ट्रिय खेलाडी हुन् भने मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायीक फुटबल खेल्छन् ।


सेयर गर्नुहोस्