हेटौंडा । संचारकर्मि रबि लामिछानेले राजनितीमा जाने संकेत देखाएका छन । बचर्चित टेलिभिजनका कार्यक्रम सीधा कुराका सञ्चालक गरिरहेका लामिछानेले पत्रकारिताबाट बिदा लिए सङै राजनितीमा जाने कुरा आफ्नो फेसबुक मार्फत सार्वजानिक गरेका छन ।
लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट बिदा लिए सङै आफू पुर्णकालिन राजनितीमा जाने बिचार ब्यक्त गरेका छन । लामिछानेलाई टेलिभिजनबाट औपचारिक बिदाइ भैइसकेको र आजको सिधा कुरा लामिछानेको लागि अन्तिम कार्यक्रम हुनेछ । लामिछानेले रबिले आफू अब राजनीतिमा जाँदै गर्दा कुन दल वा पार्टीमा जाने वा आफु स्वतन्त्र रहने भन्ने बिषय बारे जानकारि गराएका छैन्नन । ग्यालेक्सी 4k टिभी को अफिसियल फेसबुक पेजमा येस्तो लेखिएको छ । “संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरें।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज्ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह मा भेटौं।”