हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरिएको मेगा फ्रि सर्भिस क्याम्पमा १२५ वटा जोन डियर ट्रयाक्टरको सर्भिस गरिएको छ । विवेक अटोमोवाईल्स् प्रालिको आधिकारिक सर्भिस सेन्टर नव दुर्गा रिपेयरिङ्ग वर्कशपमा सर्भिस क्याम्प भएको हो । हेटौंडा स्थित सानोपोखरामा रहेको वर्कशपमा भएको सर्भिस क्याम्पमा जोन डियर ट्रयाक्टरको स्पेयर पार्टस्मा १० प्रतिशत छुट, प्रत्येक ट्रयाक्टर चालकलाई उपहार, ग्रिसिङ्ग फ्रि, मर्मतसंभार निःशुल्क प्रदान गरिएको थियो । सर्भिस क्याम्पमा सहभागि भएका मध्येबाट तीन जनालाई बम्पर उपहार समेत प्रदान गरिने छ ।
उपहारको नतिजा आइतवार सार्वजनिक गरिने आयोजकले जनाएको छ । पछिल्लो सयम ग्राहकहरुको पहिलो रोजाईमा जोन डियर ट्रयाकटर रहेको छ । बलियो र भरपर्दो भएकाले सबै ग्राहकहरुको रोजाईमा जोन डियर परेको हो । २० बर्ष अघि व्यापारिक घराना एमभी दुर्गड ग्रुपले जोन डियर ट्रयाक्टर नेपाल भित्र्याएको थियो । एमभी दुर्गड ग्रुप अन्र्तगत विवेक अटोमोबाइल्स् प्रालिले नेपालमा आधिकारीक रुपमा यसको बिक्रीबितरण गर्दै आईरहेको छ ।