हेटौंडा । असार १ गते बर्षासंगै परेको चट्याङको कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको मेशिन विग्रिएको थियो। त्यस कारण स्थगत भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन आज सोमबारबाट सुचारु हुदैं छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आइतबार एक सुचना जारी स्थगन भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन असार ६ गते सोमबारबाट सुचारु हुने जानकारी दिएका हुन् ।
सेयर गर्नुहोस्