हेटौडा । देशभरका स्थानीय सरकारले आज शुक्रबार बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले २०७९ र ०८० को बजेट ल्याउन लागेका हुन् । सरकारी वित्त व्यवस्थापन ऐनमा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले बजेट ल्याउन लागेका हुन । यसरी पेश भएको बजेट असार मसान्तभित्र आर्थिक तथा विनियोजन ऐन पारित हुनुपर्नेछ । बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै ७ सय ५२ स्थानीय तहले आज बजेट ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो बजेटसहित पालिकाको आफ्नै आन्तरिक स्रोतलाई समेत आधार मानी पालिकाले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका हुन् ।
सेयर गर्नुहोस्