हेटौडा । आज बिहान १० बजे हुने भनिएको हेटौंडा उपमहानगरपालिकाको नगर सभा तथा एघारौं अधिबेशन बहुमतमा रहेको नेकपा एमालेका कार्यपालिका सदस्यहरुले सभा संचालन गर्न नदिने अडान राखेर सभा कक्षमा प्रवेश नगरेपछी सभा सुरु हुन नसकेको हो ।आफ्ना माग पुरा नभए सभा चल्न नदिने एमालेका एक कार्यपालिका सदस्यले बताए ।
हाल सभा हुने स्थलमा नगरपालिकाका कर्मचारी, सत्ता गठवन्धनका जनप्रतिनिधिहरु रहेका छन् भने सभा बाहिरको छुट्टै स्टलमा एमालेका कार्यपालिका सदस्यहरु तथा अन्य जनप्रतिनिधिहरु रहेका छन् । आफ्ना कुराहरुको सम्बोधन नभए नगर सभा हुन नदिने अडान एमाले पक्षको छ । छलफल गरेर कुरा टुंग्याउने गठवन्धनका नेताहरूले बताएका छन् । विवाद टुंगो लगाउने भन्दै जिल्लाका शिर्ष पार्टी नेताहरु मोटल एभोकाडोमा छ्लफलमा रहेको स्रोतले बताएको छ ।
सेयर गर्नुहोस्