हेटौंडा । सन्चो हस्पिटल प्रा. लि. ले आज शनिबार हेटौंडामा रहेको मानब सेवा आश्रममा आश्रित ब्यक्तिहरको स्वास्थ्य चेक जाच गरेको छ । बिशेषज्ञ डाक्टरहरु सहित आज हस्पिटलले आश्रममा नि: शुल्क चेक जाच गरेको हो । गत जेठ २३ गते हस्पिटलको अध्यक्षमा बिजय पुडासैनि सर्वसम्मत चयन भए संग पुडासैनिले गरिब र असहायलाई सहुलियत र नि शुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता दिए अनुसारको कार्यको थालनि गरेको पुडासैनि बताए ।
अब हस्पिटलले हरेक महिनाको दास्रो सनिबार मानब सेवा आश्रममा आश्रित ब्यक्तिहरको नि: शूल्क चेक जाच गर्ने र हरेक पटक बिशेषज्ञ पनि फरक फरक लैजाने पनि पुडासैनि बताए । साथ- साथै महिनाको हरेक सनिबार सामाजिक कार्यमा लाग्ने सोच भएको छिट्टै अन्य आश्रमहरुमा पनि यो किसिमको कार्यको थालनि हुने पनि बताए ।
दूई सय जनामा गरिएको नि शूल्क स्वास्थ्य चेक जाचमा धेरैमा मुटुको समस्या, मानसिक समस्या, हाडजोर्निको समस्या देखिएको छ । आश्रममा २० जना बालबालिका, ७० महिला र ११० पुरुषका आश्रित रहेका छन