
सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।आज शनिबार आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् । बडुका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।


सेयर गर्नुहोस्