हेटौडा । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५।४१ प्रतिशतदेखि अधिकतम ७।६८ प्रतिशतसम्मले घटाइएको छ । यात्रुवाहक सवारीमा ५।४१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६।९७ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७।६८ प्रतिशतले घटाइएको विभागले जनाएको छ ।
सेयर गर्नुहोस्