पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख बजेट

हेटौंडा टुडे
१२ असार २०७९, आईतवार २०:१४

हेटौंडा । हेटौंडा ५ मा रहेको पिप्ले रंगशालाको पूर्वाधार निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमेयर राजेश बानियाँले आइतबार उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/ ०८० को नीति, कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।

उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित रहेको उक्त रंगशालाको पूर्वाधार निर्माणको लागि २५ लाख विनियोजन गरेको बताए । यस्तै, उपमहानगरपालिकाले हेटौंडामा अर्को मिनी रंगशाला निर्माणको लागि ८० लाख तथा फुटबल एकेडेमी संचालनको लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image