हेटौडा । सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रसित भइरहेको भन्दै उनले सरकार लाई यसमा गम्भीर बन्नुपर्ने बताइन् काठमाडौंमा विशेष गरेर बालबालिकाहरूमा हैजाको समस्या देखापरेको भन्दै महँगीका बेलामा जनताका लागि सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।
उनले भनिन्, ‘अहिले विशेष गरेर बच्चाहरूमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ । त्यो पनि काठमाडौंमा बच्चाहरूमा धेरै देखिएको छ । सामान्य जनताले यस्तो रोग आउँदा उपचार पाउँछन् कि पाउँदैनन् यस्तो त्रासमा जनता छन् । सरकारले यसबारेमा गम्भीर बन्नुपर्छ ।’
सेयर गर्नुहोस्