हेटौडा । नेपालमा आज देखि तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।आज प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण पहिरो, भू-क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।
सेयर गर्नुहोस्