हेटौडा । मनसुन थप सक्रिय भएसँगै गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी जिल्लामा ठूलो पानी परेको छ। अरु ठाउँमा भने पनि मध्यम वर्षा भइरहेको छ। आज र भोलि कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । निरन्तर पानी परेकाले ती नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सेयर गर्नुहोस्