हेटौडा । कोरोना भाइरस संक्रमणको दर फेरी उकालो लाग्न थालेको छ । करिब दुई वर्ष त्रासमा बिताएका सर्वसाधारण पछिल्लो एक सातादेखि पुनः त्रसित बनेका छन् । विश्वभरीको तथ्याङ्क हेर्ने हो भने अहिले अधिकांश मुलुकमा कोरोना संक्रमण औसत २० प्रतिशतले बढेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण बढेको छ । धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेकाले सावधानी अपनाउन र खोप लगाउन आग्रह गरिएको छ ।
सेयर गर्नुहोस्