एमालेद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

हेटौंडा टुडे
१७ असार २०७९, शुक्रबार १४:५२

हेटौडा ।  प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेको भन्दै अर्थमन्त्रीको राजीनामा माग गर्दै संसद बहिस्कार गरेको हो । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताएपछि सबै सांसद संसदबाट बाहिरिएका थिए । बैठकमा अर्थमन्त्रीले पेश गरेको ‘आर्थिक विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्तावव स्वीकृत भएको घोषणा गरे ।
त्यसैगरी, अर्थमन्त्री शर्माले पेश गरेको ‘ऋण तथा जमानत ९पच्चिसौँ संशोधन० विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पनि बहुमतले पारित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*