संक्रामक रोग फैलन सक्छ, तयार रहनु : स्वास्थ्य मन्त्रालय

हेटौंडा टुडे
१८ असार २०७९, शनिबार १६:४५

हेटौडा । मनसुन सक्रिय भएसँगै विभिन्न संक्रामक रोगहरु फेलन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ। मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद व्यवस्थापन इकाई प्रमुख डा समीरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेका छन् मनसुनजन्य प्राकृतिक विपदका कारण आउने स्वास्थ्य समस्यासँगै खानेपानी प्रदूषण भई हैजा रोग लगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भन्दै अधिकारीले सबै अस्पतालहरुलाई पत्र लेख्दै पूर्वतयारी तथा सतर्कता अपनाउन आग्रह गरेका हून जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आवश्यक रहेको उनको भनाई छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*