मुख्यमन्त्रीकै लागि मरिहत्ते गर्दिन – इन्द्र बानियाँ

हेटौंडा टुडे
१९ असार २०७९, आईतवार ०९:१४

हेटौंडा ।  नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताएका छन् ।आज एक टेलिभिजनमा कुराकानी गर्दै उनले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताए ।कांग्रेस पद भन्दा पनि पद्दतिमा हिड्ने पार्टी भएकाले समाजवादीलाई हिजोको सहमति र सम्झौता भन्दा मुख्यमन्त्री प्यारो भएकोले आफुले पदकै लागि मरिहत्ते गरेर नहिड्ने बताए ।उनले हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नै हस्तलिखित सम्झौता गरेको खुलाएका छन् । केहि समय अघि आलोपालो गर्नेगरी सहमति भएको लिखित बाहिरिएको थियो उक्त लिखित पाण्डे आफैले लेखेको बानियाँले खुलाएका छन् ।उनले नेकपा समाजवादीले सहमति र सम्झौतालाई मान्दिन भन्नु राजनीतिमा इमान कम, पद बढी र  बेमानिको शृंखलाको प्रारम्भ भएको बताएका छन्  । तर मौखिक र लिखित सहमति हुँदाहुदै पनि समाजवादीले मुख्यमन्त्री पद छाड्न नमानेपनी कांग्रेसले सस्कारको राजनीति गर्ने भएकाले गठबन्धनका दललाई धोका नदिने धारणा राखे ।उनले यो सहमति र संझौताले दलका शिर्ष नेताको नैतिकतामाथि नै प्रश्न उठाएको बताउदै दोबाटोमा साथ दिनेलाई सानो तिक्तता आयो भन्दैमा कांग्रेसले साथ नछोड्ने बताए ।नेकपा एकीकृत समाजवादीको हिजो बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री हेरफेरका विषयमा सत्तारुढ गठबन्धनको शीर्ष तहमै छलफल गर्नुपर्ने निश्कर्ष निकालेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन सुरु गरेका थिए । तर एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*