हेटौडा। नेपालमा थप ५३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १२० जनाको नमुना परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार १६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार नेपालमा कोरोना थपिएसँगै संक्रमितको कुल संख्या ११ लाख २० हजार ३१४ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन् ।
सेयर गर्नुहोस्